बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विद्यामन्दिर मावि व्यवस्थापन समितिको अध्यक्षमा शाक्य

विद्यामन्दिर मावि व्यवस्थापन समितिको अध्यक्षमा शाक्य


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०७८, आइतबार

बागलुङ – जिल्लाको पुरानो स्कुल विद्यामन्दिर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा एमाले नेता बावुलाल शाक्य निर्वाचित भएका छन् । उनी नेकपा एमालेका गण्डकी प्रदेश सदस्य हुन् ।
शनिवार समपन्न अभिभावक भेलाले शाक्यलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । विद्यालय ब्यवस्थापन समितिको सदस्यमा मुकेशचन्द्र राजभण्डारी, रितादेवी शर्मा, माया बस्नेत, इन्द्र वहादुर केसी र पुष्पा शर्मा चयन भएका छन् ।
वडा प्रतिनिधिबाट बानपा ३ का वडा अध्यक्ष लक्ष्मी बाँस्कोटा र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक शान्तामणि ढकाल रहेका छन् । समितिमा शिक्षक प्रतिनिधिको छनोट प्रक्रियामा रहेको प्रधानाध्यापक ढकालले बताए ।
जिल्लाको जेठो यो विद्यायल वि.सं. १९९७ मा ओमप्रसाद गौचन र मेघकुमार वैद्यको अगुवाईमा स्थापना भएको हो । संस्थापक गौचनले तत्कालिन समयमा विद्यालयमा पुस्तकालय, संगीत कक्षा र घरेलु सिप अध्ययनको समेत व्यवस्था मिलाएका थिए ।
यहा अहिले बाल कक्षादेखि कक्षा १२ सम्मको पढाई भइरहेको छ । विद्यालयमा १ हजार १ सय ३५ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमामा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकायको पढाई हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->