पोखरा/ कालिका नमूना माध्यमिक विद्यालय रामबजारमा दुई दिवसीय उद्घोषण तथा नेतृत्व विकास कार्यशाला सम्पन्न भएको छ ।
स्वतन्त्र पत्रकार संघ कास्कीको आयोजनामा सम्पन्न कार्यशालामा कक्षा ८ देखि १२ सम्मका ४० जना विद्यार्थीको सहभागिता रहेको थियो ।चार सत्रमा सञ्चालन भएको कार्यशालामा असफल गौतम, कृष्ण रानाभाट, ओम उपाध्याय, डिल्लीराम काफ्ले, राधा ढकाललगायतले सहजीकरण गरेका थिए ।समापन समारोहलाई सम्बोधन गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संघले विगतदेखि नै दुर्गम स्थानकासंस्थाका पदाधिकारीको निःशुल्क नेतृत्व विकासमा गर्दै आएको जानकारी दिए ।विद्यालयका प्रधानाध्यापक बलराम गिरीले नेपाल सरकारले नमूना विद्यालय घोषणा गरेको विद्यालयका झण्डै २७ सय विद्यार्थीमध्ये ४० नमूना विद्यार्थीलाई नेतृत्वकर्ताका बनाएर बाँकी विद्यार्थीको व्यक्तित्व विकासमा विद्यालयले संघसँग निरन्तर साझेदारी गरेर अगाडि बढ्ने बताए ।





