पोखरा\काहुँडाँडामा निर्माणाधीन धर्मकाया बुद्ध मण्डला बिकाश तथा व्यवस्थापन समितिको छैटौ वार्षिक साधारण सभा र दोस्रो अधिवेशनले पुनःरुद्रकुमारी गुरुङ मैनाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षहरुमा भरतराज शाक्य र राजबहादुर गुरुङ, सचिवमा पुर्ण लामा, कोषाध्यक्षमा श्याम शाक्य, सहसचिवमा हुमबहादुर गुरुङ रहेका छन् । सदस्यहरुमा मे.लक्ष्मीप्रसाद गुरुङ, सु.इन्द्रबहादुर गुरुङ, कुमारबहादुर क्षेत्री, नरेन्द्रमान लालचन र लामा अमृतबज्र महर्जन रहेका छन् । जना सदस्य अध्यक्षबाट मनोनित गरिने छ । निर्वाचित कार्यसमितिलाई निर्वाचन समिती संयोजक तीर्थ श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराए । कार्यक्रमका प्रमुख अतिथि कर्णेल रामकाजी गुरुङले उनीहरुलाई बधाई दिए ।





