बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

‘लैंगिक हिंसा अन्त्य गर्न एकजुट’

‘लैंगिक हिंसा अन्त्य गर्न एकजुट’


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०७८, बुधबार

पोखरा/ देशमा हुने लैंगिक हिंसाका घटनाको अन्त्य गरी सभ्य समाज बनाउन सबै एकतावद्ध भएर लाग्नुको विकल्प नरहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिइएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगरद्वारा संयुक्त रुपमा पोखरा महानगरपालिका २४ कास्कीकोटमा आयोजित लैंगिक हिंसाविरुद्धको १६ दिने राष्ट्रिय अभियान कार्यक्रमका बक्ताले हिंसा अन्त्यका गर्न सामूहिक खाँचो आंैल्याएको हुन् ।
गण्डकी प्रदेश सभा सदस्य मित्रकुमारी गुरुङले कार्यक्रमको उद्घाटन गर्दै सामुदायिक वन उपभोक्ता महासंघले महिला र पुरुषबीच समानताका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । प्रत्येक व्यक्तिका मनबाट ‘हिंसा गर्दिनँ’ भन्ने भाग जागृत हुने पर्ने आवश्यकता औल्याउँदै उनले भने, ‘अभियानले लैंगिक हिंसा न्यूनीकरण गर्न आवश्यक नीति नियमहरुको तर्जुमा गर्न वा विद्यमान नीति नियमहरुको पुनरावलोकन गर्न समेत सघाउ पुग्ने विश्वास छ ।’

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरि बास्तोला र सरिता कुमालले मुलुकबाट सबै खाले हिंसाको बाधक बनेको गरिबी र पछौटेपनको अन्त्य हुनु पर्नेमा जोड दिए । पोखरा २४ का वडाअध्यक्ष ओमप्रसाद सुवेदीले आर्थिक, धार्मिक, संस्कृतिक, लगायतका कारण समाजमा बढी महिला हिंसा हुने गरेको बताए । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश अक्ष्यक्ष कालिदास सुवेदीले सामुदायिक वनको संरक्षण, सम्वद्र्धनमा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिए ।

स्थानीय महासंघका अध्यक्ष इन्दिरा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य सन्तु सुवेदी, सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, सचिव पार्वती सुवेदी लगायतले १६ दिने अभियाबारे चर्चा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->