बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कुखुरा चोर्न आएको चितुवा पासोमा !

कुखुरा चोर्न आएको चितुवा पासोमा !


  • ढोरपाटन संवाददाता
  • पुष १ २०७८, बिहिबार

तनहुँ/ तनहुँको भानु नगरपालिका–३ तुर्लुङकोटमा एक कुखुरा फार्म नजिक राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालयले यहाँ एक हप्ता अगाडि चितुवालाई नियन्त्रणमा लिन खोर राखेको थियो । चितुवाले स्थानीयलाई हैरान बनाएपछि रामबहादुर तामाङको कुखुरा फर्म नजिकै पासो थाप्न राखिएको खोरमा शुक्रबार बिहान भाले वयस्क चितुवा परेको हो । कुखुरा सहित राखिएको खोरमा परेको चितुवा झण्डै आठ बर्षको रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

खोरमा परेको चितुवालाई उद्धार गरी उपयुक्त स्थानमा लगेर छाडिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लले बताए । अहिले जिल्लाका दुई स्थानमा चितुवालाई नियन्त्रणमा लिनलाइ खोर राखिएको उनले जानकारी दिए । उनका अनुसार बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाको एक÷एक स्थानमा चितुवा नियन्त्रणमा लिन पासो सहितको खोर राखिएको हो ।

तनहुँमा चितुवा आतंक विगत चार बर्षदेखी निरन्तर छ । पछिल्लो चार बर्षमा जिल्लाका विभिन्न स्थानमा २२ चितुवा मृत भेटिएका छन् । चितुवाको आक्रमण बढेपछि शुक्रबार सहित गरेर १८ वटालाई नियन्त्रणमा लिएर विभिन्न स्थानमा लगेर छाडिएको छ ।

बस्तीमा पसेर बालबालिका र घरपालुवा जिवजन्तुलाई चितुवाले आक्रमण गरिरहन्छ । १ फागुन २०७४ मा पहिलो पटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमणमा परि जिल्लाका ११ जना बालबालिकाको ज्यान गएको छ । १२ जना चितुवाको आक्रमणमा परेर घाईते भएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->