पोखरा/पोखरा इलेक्ट्रिक क्लबले एसईई उत्तीर्ण गरेका क्लबका सदस्यका नानीबाबुलाई सम्मान गरेको छ । क्लबले शनिबार आयोजना गरेको पारिवारिक वनभोज तथा सम्मान कार्यक्रम २०७८ मा कल्याण सापकोटा, समीर बास्तोला र आकृति आचार्यलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले उनीहरुलाई सम्मान गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाले विद्युतको क्षेत्रमा काम गर्ने स्वदेशी जनशक्ति निर्माणका पोखरा इलेक्ट्रिक क्लबले पु¥याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे । पोखरा इलेक्ट्रिक क्लबका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा इलेक्ट्रो मेकानिकल संघ नेपालका अध्यक्ष कृष्णराज गौतम,पोखरा इलेक्ट्रिकल एसोसियसन कास्कीका अध्यक्ष मुक्तिनाथ आचार्य,इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्की अध्यक्ष दधिराम दाहाल।इभरब्राइट लाइटको तर्फबाट विवस इलेक्ट्रीकल्स प्रालिका प्रोइपाइटर चन्द्रबहादुर थापालगायतले मन्तव्य राखेका सचिव अमृत पोखरेलले जानकारी दिए । सो अवसरमा पोखरा इलेक्ट्रिक क्लबको २३ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।





