शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

गुरुङ र बौरबाओबीच भेटवार्ता

गुरुङ र बौरबाओबीच भेटवार्ता


  • Dhorpatan News
  • पुष १५ २०७८, बिहिबार

पोखरा/पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ र फ्रान्सेली राजदुत गिल्स बौरबाओ बीच भेटवार्ता भएको छ । बुधबार कार्यबाहक प्रमुख गुरुङसंग उनकै कार्यकक्षमा राजदुत बौरबाओले भेट गरेका हुन् ।
भेटका क्रममा पर्यटन प्रर्वद्धनका लागि आपसी सहयोग र सहकार्य अभिवृद्धि गर्ने कुरामा दुवैले जोड दिए । कार्यवाहक प्रमुख गुरुङले पोखराको आर्थिक समृद्धिको आधार पर्यटन रहेको र पर्यटनलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताइन् ।

राजदुत बौबाओले माउन्टेन टुरीजम र पोखराको ल्याण्डइज प्लानका विषयमा सहकार्य गरेर जान तयार रहेको बताए । पर्यटन प्रर्वद्धनका लागि आपसी सहयोग र सहकार्य अभिवृद्धि गर्दै राम्रा अभ्यासहरुको आदान प्रदान गर्ने कुरामा हामी सहकार्य गर्न तयार छौ उनले भने,‘पोखरा र फ्रान्सका सहरहरुवीच गभिनी सम्वन्ध कायम गरेर सहकार्य गर्न चाहन्छौ ।’ नेपालको पर्यटन विकासका लागि फ्रान्स सधै सकारात्मक रहेको उल्लेख गर्दै फ्रान्सेली पर्यटकहरुले नेपालको साहसिक पर्यटन,पदमार्ग तथा यहाँको प्राकृतिक सुन्दता मन पराउने बताए । उनले आफु समेत पदमार्ग गर्न रुची राख्ने व्यक्ति भएको बताए ।

भेटमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले नेपाल र फ्रान्सवीचको सम्वन्ध प्रगाढ र पुरानो रहेको बताउदै आगमी दिनमा थप मजबुत हुने विश्वास ब्यक्त गरे । उनले पोखराको पर्यटन विकास र प्लानिङमा सहकार्य गर्न सकिने बताउनुभयो । कार्यबाहक प्रमुख गुरुङ र राजदुत बौबाओ वीचको भेटको समन्वय नेपाल सरकारका पूर्वसचिव सोमनाथ सापकोटाले गरेका थिए । भेटपछि पोखरा महानगरका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले मायाको चिनो प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->