पोखरा/ गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले देश विकासमा हेभी इक्युमेन्ट अपरेटरहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
हेभी इक्युमेन्ट अपरेटर संघ पोखराको पाँचौं साधारण सभा तथा अधिवेशनलाई उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । विकास निर्माणमा अपरेटरहरुको भूमिका उल्लेखनिय रहेको बताउँदै उनलेअपरेटरहरु अब जागिरमा मात्र सीमितनरही स्वरोजगारमा समेत केन्द्रीत हुनुपर्ने धारणा राखे । उनले समयमै परियोजनाहरु सम्पन्नमेसिन र अपरेटहरुको खाँचो भएको बताउँदै अगाडि भने,‘समृद्धि बनाउने जिम्मेवारीमा अपरेटहरु पनि हुनुहुन्छ । त्यसैले सबै मिलेर काम गरौं ।’हेभी इक्युमेन्ट अपरेटरहरुलाई लाइसेन्स सहजै उपलब्ध गराउने प्रक्रियामा गण्डकी सरकार सकरात्मक रहेको उनको भनाई थियो ।





