शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

मणिपालका कर्मचारीहरु आन्दोलित

मणिपालका कर्मचारीहरु आन्दोलित


  • ढोरपाटन संवाददाता
  • पुष २१ २०७८, बुधबार

पोखरा/ मणिपाल अस्पतालका कर्मचारीहरुले त्यहाँको प्रशासनिक इकाईको जनशक्ति व्यवस्थापन शाखामा तालाबन्दी गरेका छन् ।

यसअघि भएका सम्झौताहरु कार्यान्वनय नगरिएको,सुत्केरी बिदा पनि नदिइएको र उल्टो सुत्केरीको तलब कटाइएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् । मणिपाल कर्मचारी युनियन समन्वय समितिका अध्यक्ष जीवन थापा,मणिपाल स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष नवराज भण्डारी,नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष अमृत पौडेल र अखिल नेपाल स्वास्थ्यकर्मी संघका कार्यवाहक अध्यक्ष नरेशकुमार श्रेष्ठले संयुक्त रुपमा व्यवस्थापनलाई बुझाएको पत्रमा सन् २०१० मै सम्झौता भएको उपदानको व्यवस्था कार्यान्वयन नगरिएकोमा पनि आपत्ति जनाइएको छ । सो पत्रमा २०७७ साल पुस २० श्रम कार्यालयको रोहवरमा गरिएको सम्झौता पनि कार्यान्वन नगरिएकोमा पनि ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->