पोखरा/ पोखरा महानगर र धरान उपमहानगरबीचको साँस्कृतिक भगिनी सम्बन्ध नवीकरण भएको छ । धरान स्थापनाको १२१ औं वर्षको उपलक्ष्यमा मंगलबार आयोजित कार्यक्रममा सम्बन्ध नवीकरण भएको हो ।
पोखरा–३ का वडाध्यक्ष रविन्द्रबहादुर प्रजुका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख अथित्यतामा सम्पन्न कार्यक्रममा धरानका मेयर तिलक राई र र उपमेयर मन्जु भण्डारीसँगै पोखरा–२१ का अध्यक्ष तथा सास्कृतिक भगिनी सम्बन्धका संयोजक खगराज आचार्यले संझौता नवीकरणमा हस्ताक्षर गरेका हुन् ।





