तनहुँ/ तनहुँमा आईतबार विहान दुर्घटना हुदाँ जिप चालकको मृत्यु भएको छ । पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका–१ तालघरेमा विहान ३ बजेको समयमा जिप दुर्घटना हुदाँ म्याग्दे गाउँपालिका–६ का ५३ वर्षीय हरिबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरिक्षक शिवराज क्षेत्रीले बताए ।
उनका अनुसार दमौलीबाट घासीकुँवातर्फ जादै गरेको ग ३ च ३७७८ नम्बरको जिप अनियन्त्रित भएर सडक छेउमा पल्टिएको थियो । दुर्घटनामा घाईते थापालाई उपचारको लागि दमौली अस्पतालमा ल्याईएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । ‘जिपले च्यापिएको अवस्थामा प्रहरीको टोली र स्थानीय मिलेर उद्धार गरेर दमौली अस्पताल ल्याएका थियौँ । अस्पतालले मृत घोषणा गरिदियो । मृतकको टाउकोमा गम्भिर चोट लागेको देखिन्छ’, उनले भने । प्रहरीका अनुसार रित्तो जिपमा चालक मात्रै सवार थिए । दुर्घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





