बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

टुटेपानीमा लिफ्टिङ गरेर खानेपानी

टुटेपानीमा लिफ्टिङ गरेर खानेपानी


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०७८, मंगलबार

तनहुँ/भानु नगरपालिका–११, टुटेपानी गाउँमा विद्युत्तीय लिफ्टिङ प्रणालीमार्फत एक घर एक खानेपानीको धारा जडान गरिएको छ । गाउँभन्दा ९० मिटर तल रहेको आहालडाँडा खोलाबाट विद्युत मार्फत लिफ्टिङ गरेर घरघरै खानेपानीको धारा जडान गरिएको हो ।
गाउँमा ३५ धारा जडान गरिएको छ । ३२ घरसँगै दुई सामुदायिक भवन र अरनिको माध्यमिक विद्यालयमा खानेपानीको धारा जडान भएको छ । उपभोक्त समितिमार्फत खानेपानी योजनाको काम सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका सुचना अधिकारी इञ्जिनियर वामदेव पौडेलले बताए ।
९१ लाख ६६ हजार रुपैयाँ लागत अनुमान गरेर सुरु काम भएको आहालडाँडा खानेपानी योजना ४० लाख रुपैयाँ कममै सम्पन्न भएको छ । ५१ लख रुपैयाँ मात्र खर्च भएको उनले बताए । सोलार लिफ्टिङको सट्टा विद्युत्तीय लिफ्टिङ गरेकाले काम लागतमा योजना सम्पन्न भएको उनले जनाए । सोलार लिफ्टिङ मर्मतमा बढी खर्चिलो हुने भएकाले विद्युत्तीय लिफ्टिङ गरेको उनले बताए ।
आहालडाँडा खानेपानी योजनाको काम निर्धारित छ महिना अगावै काम सकिएको छ । ‘असार मसान्तसम्म म्याद थियो । मंसिरमै काम सकियो । पुसमा उद्घाटन ग¥यौं,’ इञ्जिनियर पौडेलले भने । २०७६ कात्तिकदेखी घरघरै खानेपानी पु¥याउनकाम सुरु भएको हो ।
स्थानीय कौशिला गुरुङका अनुसार गाउँमा पुराना सात वटा खानेपानीको धारा थियो । धारामा ल्याईएको पानीको मुल सुकेपछि चार महिना पधेँरोबाट पानी बोकेर दैनिकी गुजार्नुपर्ने बाध्यतामा थिए गाउँले । ‘माघदेखिवैशाखसम्म टुटेपानी पधँेरोबाट खानेपानी बोकेर प्रयोग गरिन्थ्यो’, उनले भनिन्, ‘सक्नेले एक गाग्री पानी १५ मिनेटमा ल्याइपु¥याउथे । नसक्नेलाई त आधा घण्टा बढी पनि समय लाग्थो ।’
टुटेपानी तनहुँको पर्यटकीय गाउँ हो । गाउँवासी मिलेर केही वर्षदेखि होमस्टे चलाएका छन् । घरघरै खानेपानीको धारा भएपछि होमस्टे चलाउन सजिलो भएको आहालडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष होमबहादुर गुरुङले बताए । ‘चौबिसैघण्टा धारामा पानी आउन थालेको छ । काम छाडेर पानी बोक्न जानु परेन। घरघरै धारा भएपछि होमस्टे फस्ट्याउने विश्वास लिएका छौं,’ उनले भने ।
गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एक घर एक धारा’ अभियान अन्तर्गत टुटेपानीमा घरघरै खानेपानी धारा जडान गरिएको हो । घरमै खानेपानीको धारा पाएपछि गाउँले दंग परेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->