शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मास्क बोकेर स्याङ्जाका सीडीयो सडकमा

मास्क बोकेर स्याङ्जाका सीडीयो सडकमा


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०७८, शनिबार

स्याङ्जा/ कोरोना भाईरसको सङक्रमण बढ्दै गएपछि स्याङ्जाका प्रमुख जिल्ला अधिकारी मास्क बोकेर सडकमा निस्किएका छन् । तेस्रो लहर ओमिक्रोन सङक्रमण दर कम गर्ने उदेश्यले जिल्ला भित्रका बजार क्षेत्रमा ‘तपाईको मास्क खोई’ अभियान सञ्चालन भएको हो । प्रजिअ‍े राजु प्रसाद पौडेलले सडकमै पुगेर सचेतना फैलाईरहेका छन् ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आयोजनामा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी उपरीक्षक राजिब बहादुर बस्नेत, जिल्ला स्वास्थ्य कार्यलय प्रमुख बसुन्धरा शर्मासहितको टोली सर्वसाधारणलाई कोभिड सचेतना जगाउदै मास्क वितरण गर्दै सडकमा निस्किएका हुन् ।
अभियानमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, पत्रकारको उपस्थिति रहेको थियो ।

अभियानमा कोभिड जनचेतना सम्बन्धी माइकिङ गर्नुका साथै सर्वसाधरण यात्रु तथा पसलका सेवाग्राहीहरुलाई मास्क लगाउन अनुरोध गरिएको थियो । मास्क लगाउन अटेरी गर्नेलाई एक सय रुपियाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सिद्धार्थ राजमार्गमा सञ्चालीत लामा तथा छोटा दुरीका सार्वजनिक सवारीका साधनमा यात्रुहरुलाई निरीक्षण गर्नुका साथै चालक तथा सहचालकलाई मास्क लगाउन र नलगाई यात्रुहरुलाई सवारी साधनमा यात्रा नगराउन प्रजिअ पौडेलले अनुरोध गरेका थिए । मास्क नलगाई हिँडेने सर्वसाधरण, व्यापारी, ग्राहक, उपभोक्ता, चालक, कर्मचारी आदिलाई प्रजिअको टोलीले सचेत गराउँदै मास्क वितरण गर्दै स्याङ्जा बजार हुदै बयरघारी, वालिङ हुदै गल्याङ सम्मका बजारमा पुगेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->