स्याङ्जा/ नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको ३७ औं साधारणसभा तथा अधिवेशनले दिनेश अर्यालको सभापतित्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपसभापतिमा लक्ष्मण भट्टराई र लक्ष्मी थापा, मन्त्रीमा रामचन्द्र अर्याल, उपमन्त्रीमा खगेन्द्र अर्याल, कोषाध्यक्षमा महेशबहादुर थापा (गणेश) र उपकोषाध्यक्षमा अर्जुन पौडेल चयन भएका छन् ।
समितिको सदस्यहरुमा दुर्गा सारु, विष्णु सुवेदी, श्यामादेवी शर्मा, भुवनेश्वर रिमाल, चुडामणी रेग्मी, इश्वरबन्धु कोइराला, बिष्णुप्रताप खाण, बिश्वेश्वर गिरी, पुष्पराज बराल, मनोरथ शर्मा निर्वाचित भएका हुन् । ४० वटा उपशाखा रहेको स्याङ्जाको साधारणसभा तथा अअिधवेशनमा तथामा दुई सय प्रतिनिधिले सहमति जनाएपछि निर्विरोध जिल्ला शाखा बनेको हो ।





