शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बेनी–जोमसोम सडकको भीरकाटेमा सुरुङमार्ग बनाउने तयारी

बेनी–जोमसोम सडकको भीरकाटेमा सुरुङमार्ग बनाउने तयारी


  • ठाकुरप्रसाद आचार्य
  • माघ ९ २०७८, आइतबार

बेनी/ राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसोम–कोरला सडक अन्तर्गत भीरकाटेमा सुरुङमार्ग बनाइने भएको छ । भौगोलिक कठिनाई र नदीकटानका कारण सडक दिगो नहुने भएकाले भीरकाटेमा तीनसय मिटर सुरुङमार्ग बनाउन लागिएको हो ।

अन्नपूर्ण गाउँपालिका ६ भीरकाटेमा कालिगण्डकी नदी र दोबा खोलाको कटानले सडक साघुरो भएपछि सुरुङमार्गको विकल्प खोजिएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख जगत प्रजापतिले बताए । कालिगण्डकीको कटानका साथै पहाड काटेर सडक बनाउन घोप्टे भीरका कारण असम्भव भएकाले सुरुङमार्गको विकल्प खोजिएको प्रमुख प्रजापतिले बताए ।

भौगोलिक कठिनाईका कारण भीर कटान गर्न मुश्किल हुनुका साथै कालिगण्डकी नदीले बेलाबेलामा धार नै परिवर्तन गरेर सडक बगाउने समस्याका भएका कारण करिब तीन सय मिटर सुरुङमार्ग निर्माण गर्न अध्ययन सुरु गरिएको उनले बताए ।
साथै अन्नपूर्ण १ दोबाको सुनारी गाउँ हुँदै बग्ने ठाडो खोलाको असरले कालिगण्डकी नदीले सडक कटान गर्ने गरेको छ । आयोजनाले यहाँ सुरुङमार्ग बनाउन तीनवर्ष अगाडि नै प्रारम्भिक अध्ययन गरिसकेको थियो । सुरुङमार्ग नै अन्तिम विकल्प भएकाले आयोजनाले यसपाली उच्च प्राथमिकतामा राखेर अध्ययन गरिरहेको प्रमुख प्रजापतिले बताए ।

बेनी जोमसोम सडक खण्डको सवैभन्दा चुनौतीपूर्ण स्थान मध्यमा पर्ने भीरकाटेको समस्या समाधानको उपयुक्त विकल्प नै सुरुङमार्ग भएको आयोजनाको ठहर भएको प्रमुख प्रजापतिले बताए । उनका अनुसार एकमिटर सुरुङमार्ग बनाउन करिब १८ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

सवारीसाधन आउन र जानका लागि दुई वटा लेन हुनेछन् । दोबा गाउँ जाने बेलिव्रिज नजिकको पहाडबाट पोखरेबगर तर्फको सडकखण्डमा छुने गरी बनाइने सुरुङमार्ग सवारीसाधन आवतजावत गर्न मिल्ने गरी दुईलेनको ११ मिटर फराकिलो हुने प्रमुख प्रजापतिले बताए ।
गोरखापत्र अनलाईनबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->