पोखरा/ खास्टेताल मत्स्य तथा कृषि सहकारी सस्थाले आफनो छैटौं स्थापना दिवसको अवसर पारेर ताल वरपर सरसफाइ गरेको छ ।
तालको प्राकृतिक सुन्दरतालाई नबिगारी आय आर्जनका लागि माछा पालन गर्दै आएको सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा २६ मा रहेका खास्टे र न्यूरेनी ताल वरपर सरसफाइ गरेको हो । ताल वरपर आउने आन्तरिक तथा वाह्यि पर्यटनलाई आकर्षण गर्न सरसफाई महत्वपूर्ण भएको भन्दै सरसफाइ टोलीले वातावरण सचेतनामूलक नारासहित ताल वरपर भएका फोहोरजन्य पदार्थ संकलन गरी उचित व्यवस्थापन गरिएको सहकारीका अध्यक्ष हरिप्रसाद अधिकारीले जनाए । उनले ताललाई मानवीय अतिक्रमण र वातावरणीय प्रदुषणबाट बचाउन सबैको साथ सहयोग आवश्यक रहेको बताए । ताल संरक्षण समितिका पदाधिकारी तथा सेयर सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा खास्टे तालवाराही मन्दिर हुँदै खास्टे र न्यूरेनी ताल वरपर सरसफाइ गरिएको थियो ।





