शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

कर्मचारीमा कोरोना, पोखरा महानगरका सेवा बन्द

कर्मचारीमा कोरोना, पोखरा महानगरका सेवा बन्द


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०७८, बुधबार

पोखरा/ कर्मचारीमा कोरोना संक्रमण देखिँदै गएपछि पोखरा महानगरले अत्यावश्यकबाहेकका सेवा माघ १६ गतेसम्मका लागि बन्द गरेको छ ।

महानगरले बुधबार एक सूचना जारी गरी सरसफाइ, स्वास्थ्यलगायत अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरेको जानकारी दिएको हो ।

यसअघि नै जिल्ला प्रशासन कार्यालय कास्कीले कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चित कालका लागि बन्द गरिसकेको छ ।

कोरोना महामारीको तेस्रो लहरमा कास्की रेडजोनमा छ । मंगलबारसम्म कास्कीमा ३ शजार २५० सक्रिय संक्रमित छन् । जसमध्ये ८० प्रतिशतभन्दा बढी पोखरा महानगरका मात्रै छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका सक्रिय संक्रमितमध्ये १ सय ५५ जना स्वास्थ्यकर्मी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->