बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अवैध सालको काठ नियन्त्रणमा

अवैध सालको काठ नियन्त्रणमा


  • ढोरपाटन संवाददाता
  • माघ २० २०७८, बिहिबार

तनहुँ\जिल्लाको देवघाटबाट अवैध सालको काठ बरामद गरिको छ । देवघाट गाउँपालिका–५ घिनाटारबाट चितवन दासढुंगातर्फ गाईरहेको ना २ च ७३७५ नम्बरको बोलेरो जिप नियन्त्रणमा लिएर इकालका प्रहरी कार्यालय देवघाटले अवैध सालको काठ नियन्त्रणमा लिएको हो । जिपबाट ७४ थान (४८.९५ क्युफिट) अवैध सालको काठ बुधबार विहान साढे तीन बजे बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । सालको काठ सहित चितवनको भरतपुर महानगरपालिका–७ मंगलपुरका ५१ वर्षीय कमबहादुर तामाङलाई नियन्त्रण लिइएको उनले बताए । बरामद काठको मूल्य बजार भाउ अनुसार करिब चार लाख पर्ने अनुमान गरिएको छ । प्रहरीले थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->