शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हरिनासमा घरघरमै सामाजिक सुरक्षा भत्ता

हरिनासमा घरघरमै सामाजिक सुरक्षा भत्ता


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०७८, शुक्रबार
फाईल तस्विर

स्याङ्जा/ स्याङ्जाको हरिनास गाउँपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
भौगोलिक दूरी तथा विभिन्न कारणले बैंकसम्म जान नसक्नेहरुका लागि पालिकाले घरघरमै पुगेर भत्ता वितरण गरेको हो । पालिकाले पहिलो चरणमा वडा नम्बर १ खैरेकोट घरेडीका घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको अध्यक्ष खिमनारायण मानन्धरले बताए ।
कुमारी बैंक चित्रेभञ्याङसँगको समन्वय तथा मानन्धरको नेतृत्वमा जेष्ठ नागरिक, अपाङ्ग एकल महिला भत्तालगायतका सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

गाउँपालिकाको जनताको सुख दुःख, समस्या बुझेर जनतालाई सेवा दिनु जनप्रतिनिधीको कर्तव्य भएको बताउदै मानन्धरले अशक्त बृद्धबृद्धाको सेवाको लागि घरघरमै पुगेर सेवा दिएको बताए । पहिलो चरणमा ६० जनाले सामाजिक सुरक्षा भत्ता घरमै बुझेको प्रशासकीय अधिकृत परशुराम शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->