बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शुक्लागण्डकी पत्रकार मञ्च गठन

शुक्लागण्डकी पत्रकार मञ्च गठन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०७८, मंगलबार

तनहुँ/ तनहुँको शुक्लागण्डकीमा रहेर पत्रकारितामा क्रियाशिल पत्रकारहरुले ‘शुक्लागण्डकी पत्रकार मञ्च’गठन गरेका छन् । विश्व रेडियो दिवसमा अवसरमा यहाँका पत्रकारुको भेलाले यस क्षेत्रका सञ्चार माध्यममा आवद्ध पत्रकारहरुलाई समेटेर मञ्च गठन गर्ने निर्णय गरेका हुन् ।
भेलामार्फत् शुक्लागण्डकी एफएमका स्टेशन म्यानेजर राजन उपाध्यायको संयोजकत्वमा तदर्थ समिति चयन गरेको छ । दुलेगौडामा सम्पन्न भएको भेलाले समितिका सह संयोजकमा ममता गुरुङ रहेको ९ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यहरुमा राजकुमार आले, अस्मिता खनाल, विनोद ढुंगाना, अशोक विश्वकर्मा, सनिता कार्की, हरि खरेल, करिस्मा विश्वकर्मालाई चयन गरेको छ ।यहाँका पाँच सञ्चारगृहमा कार्यरत पत्रकार र देशका प्रमुख सञ्चार माध्यममा आवद्ध भएका २२ जना पत्रकार रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->