बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मगर दिवसमा म्याग्देमा सार्वजनिक विदा

मगर दिवसमा म्याग्देमा सार्वजनिक विदा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०७८, शुक्रबार

तनहुँ/ म्याग्दे गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मगर दिवसको अवसरमा गाउँपालिकाले बिदा दिने निर्णय गरेको हो । बिहीबार विज्ञप्ति प्रकाशित गरी मगर दिवसको अवसरमा फागुन १५ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आइतबार गाउँपालिकाअन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्था बन्द रहने गाउँपालिका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् । मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको उनको भनाइ छ । गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास छ । म्याग्देमा मात्रै सात हजारभन्दा बढी मगर समुदायको बसोबास रहेको छ ।
जिल्लाका स्थानीय तहले विभिन्न पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिँदै आएका छन् । जनैपूर्णिमा, शहीद दिवस, मगर दिवस, नारी दिवस लगायतका अवसरमा जिल्लाका स्थानीय तहले बिदा दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->