आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

युक्रेनको पक्षमा नेपाल

युक्रेनको पक्षमा नेपाल


  • ढोरपाटन संबाददाता
  • फाल्गुन १८ २०७८, बुधबार

पोखरा/ युक्रेनमा रुसी सैन्य हस्तक्षेपविरुद्ध संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा भएको एक मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको छ । स्वीट्जरल्याण्डको जेनेभामा सोमबार भएको मतदानमा नेपाल लगायत २९ देशले युक्रेनको पक्षमा मतदान गरेका हुन् ।

ती देशले रुसी सैन्य हस्तक्षेपको निन्दा गर्दै राष्ट्रसंघीय मानवअधिकार परिषद्मा आपत्कालीन बैठक आयोजना हुनुपर्ने युक्रेनको मागमा सहमति जनाएका हुन् । नेपाल पनि अहिले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्य देश हो ।

युक्रेनको अवस्थालाई लिएर विश्व अहिले विभाजित छ । रुससँगको निकट सम्बन्धका कारण भारत लगायत मुलुकले खुलेर युक्रेनको समर्थन गर्न सकेका छैनन् । अमेरिका र अन्य पश्चिमा मुलुक भने युक्रेनको पक्षमा उभिएका छन् । संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्मा पनि युक्रेन मामिलालाई लिएर त्यही विभाजन देखिएको हो ।
अमेरिका र उसका रणनीतिक गठबन्धनमा रहेका मुलुक खुलेर रुसको सैनिक आक्रमणको विरोधमा उत्रिएका छन् ।

रुस र उसका रणनीतिक गठबन्धनका मुलुक चाहिँ युक्रेन मामिलामा कि रुसको पक्ष लिइरहेका छन् वा तटस्थ देखिएका छन् ।संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा नेपालले युक्रेनको पक्षमा मत दिए पनि दक्षिणी छिमेकी भारतले सहभागिता जनाएन। उत्तरी छिमेकी चीनले युक्रेनको विपक्षमा मतदान गरेको छ । ४७ सदस्यीय काउन्सिलमा युक्रेनको पक्षमा मतदान गर्ने २९ मुलुकको सूचीमा बेलायत, जर्मनी, फ्रान्स, जापान, नेदरल्यान्ड, कतार र दक्षिण कोरिया लगायत छन्। यी देश अमेरिका र उसको धुरीका मानिन्छन्। ती देशसँगै नेपालले पनि युक्रेनका पक्षमा मत हालेको हो । परराष्ट्र मन्त्रालयले गतसाता एक विज्ञप्ति जारी गरी युक्रेनमा रुसको हस्तक्षेपको विरोध गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->