पोखरा/ गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले पोखरा १६ स्थित गन्धर्व आमा समूहलाई सहयोग गरेका छन् । उनले आफूले मन्त्री भएवापत् पाएको तलब–भत्ताको रकमबाट आमा समूहलाई आवश्यक सहयोग सामग्री प्रदान गरेका हुन् । मन्त्री थापाले गण्डकी प्रदेश सरकारको प्रदेश सभा सदस्य (सांसद) हुँदादेखि नै आफूले पाउने पारिश्रमिक÷तलब,भत्ता वापत प्राप्त गरेको रकम सामाजिक कार्यमा खर्च गर्दै आएका छन् ।
कार्यक्रममा बोल्दै मन्त्री थापाले संगीत क्षेत्रमा गन्धर्व समुदायको भूमिका अतुलनीय रहेको बताए । ‘गण्डकी प्रदेश कला संस्कृतिको धनि प्रदेश । जसलाई संरक्षण गर्नुपर्ने दायित्व हामी सबैको हो । संस्कृतिको जर्गेना गर्ने सवालमा गन्दर्भ समुदायको सक्रियता देख्दा खुशी लागेको छ’,उनले भने । मन्त्री थापाले पोखरा १६ बाटुलेचौर स्थित गन्धर्व टोलमा देखिएका रोजगारीदेखि भौतिक पूर्वाधार विकासका समस्यालाई समाधान गर्न आफू प्रतिवद्ध रहेको बताए ।





