शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

लेकै फुल्यो लालीगुराँस, रमाउन थाले पर्यटक

लेकै फुल्यो लालीगुराँस, रमाउन थाले पर्यटक


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०७८, सोमबार

म्याग्दी/सामान्यतया चैत बैशाखमा फुल्ने लालीगुराँस यस वर्ष भने साविकको समयभन्दा पहिले नै फुलेर जंगल नै राताम्यै भएपछि लालीगुराँससंग रमाउन आन्तरिक पर्यटकहरु लेकतिर उक्लन थालेका छन् ।
यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जंगलहरु राता देखिन थालेका छन् भने काफल,ऐसेलु जस्ता जंगली फलहरु पनि बेमौसममा नै फल्न शुरु भएको छ ।
म्याग्दीका अन्नपूर्ण, रघुगंगा, मालिका, मंगला र धवलागिरि गाउँपालिकाका जंगलहरुमा ढकमक्क लालीगुरासँ फुलेर बन पाखानै राताम्यै देखिन थालेका छन् ।
फागुनको मध्यतिरबाट बल्ल कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका हुन् । म्याग्दीका जंगलमा पुसदेखि नै लालिगुराँस फुल्नुका साथै जंगली फलफूल र कन्दमूलहरु पाक्न थालेका थिए । यसर वेमौसममा नै लालीगुराँस फुल्नु र जंगली फलहरुको मौसमी चक्र परिवर्तन हुनुमा तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण यस्तो भएको वातावरणविद्हरुले बताएका छन् ।
लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ । “लालीगुराँस फूल चैत–बैशाख महिनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ” बेनी नगरपालिका २ ज्यामरुककोटका ८७ वर्षिय बेदप्रसाद उपाध्यायले बताए ।
लागिगुराँस मात्रै नभएर अन्य फुलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमासमेत यसको प्रभाव देखिएको मालिका गाउँपालिका ३ का जगवहादुर विकले भने“अहिले वेमौसममा नै काफल,तिजु लगाएतका जंगली फल पाकेको र गुरास फुलेको पाइएको छ ।”
वातावरणवीद् चन्द्रमणी सापकोटाका अनुसार स्वभाविक समय अगाडी नै गुराँस फुल्नु र बेमौसमी फलफल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम बृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तनहरु भैरहेका छन् ।
उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाल,वनस्पति,मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तनहरु देखिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->