
स्याङ्जा/ प्रदेश सरकार सगँको सहकार्यमा स्याङजाका दुई पालिकाले बहुउद्देश्यीय भवन निर्माण गरेका छन् । यहाँको आँधीखोला र फेदीँखोला गाउँपालिकाले प्रदेश सरकारसगँ सहकार्य गर्दै भवन निर्माण गरेका हुन् । आँधीखोलाले वडा नम्बर ५ कृषिमा तीन हजार पाँच स्क्वाएर फिटमा तीन तले भवन निर्माण गरेको छ ।
यहाँ ६९ लाख प्रदेश सरकार र बाँकी पालिकाको लगानीमा दुई करोड १७ लाख २१ हजार ७९६ रुपियाँ २८ पैसामा भवन बनेको हो । बहुउद्देश्यीय भवनको भुइँतला कार्यालय प्रयोजन, पहिलो तला व्यावसायिक प्रयोजनका लागि नौ नौ वटा सटर निर्माण भएका छन् भने दोस्रो तलामा एक ठूलो र एक सानो व्यावसायिक हल रहेको छ । मुक्तिनाथ निर्माण सेवा पोखराले दुई वर्षमा निर्माण सक्ने गरी सम्झौता गरेकोमा कोरोनाका कारण थप छ महिनामा भवन निर्माण सकिएको इन्जिनियर प्रकाश पौडेलले बताए ।
यस्तै फेदीखोलाले वडा नम्बर १ मा एक हजार ५१५ स्क्वाएर फिटमा दुई तले भवन निर्माण गरेको हो ।एक करोड ४० लाख रुपियाँमा प्रदेश र पालिकाको ५०÷५० प्रतिशत साझेदारीमा भवन निर्माण भएको हो । भवनको भुई तला आकृति निर्माण सेवा र पहिलो तला सिता बिल्डर्सले पोखराले निर्माण गरेको फेदीँखोला इन्जिनियर तारानाथ पौडेलले बताए । भवन २०७६ जेठमा निर्माण शुरु भएकोमा दोस्रो पटक समेत टेन्डर प्रकाशन गरेर २०७८ मङिसरमा निर्माण सकिएको हो । भवनको पहिलो तला कार्यालय प्रयोजिनको लागि आठवटा कोठा रहेका छन् भने पहिलो तला १५० जना अट्ने बहुउद्देश्यीय भवन रहेको छ ।





