शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अवैध सालको काठ सहित चार पक्राउ

अवैध सालको काठ सहित चार पक्राउ


  • ढोरपाटन संबाददाता
  • चैत्र ९ २०७८, बुधबार

स्याङ्जा/ स्याङ्जाको बिरुवा गाउँपालिका ४ पाटनेबाट अवैध सालको काठसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विरुवा गाउँपालिका ४ पाटने बस्ने ४० वर्षीय खुमबहादुर सार्की, ५९ वर्षीय हस्तबहादुर सार्की, ६८ वर्षीय लक्ष्मी नेपाली र पुतलीबजार नगरपालिका १३ बस्ने २५ वर्षीय अमिरदिन मिया रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारी जानकारी दिए । स्याङ्जाबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले सालको चिरान काठ ४० पिस र सालको गोलिया २० गरी जम्मा ६० पिससहित एक ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।प्रहरीले सालको गोलिया, चारजना मानिस, एक ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय बाडखोला स्याङ्जामा बुझाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->