पोखरा\मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले २३ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशनका अवसरमा ३ लाख ८० हजार बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण गरेको छ ।
कास्कीका विभिन्न सरकारी विद्यालयका गरीब तथा जेहेन्दार १४ जना कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई १ लाख ४० हजार छात्रवृत्ति लागि नगद र ६ विद्यालयलाई २ लाख ४० हजार बराबरको गणितीय र सामाजिक शिक्षा सामाग्री प्रतिष्ठानले वितरण गरेको हो ।
शैक्षिक सामग्री पाउने विद्यालयमा माछापुच्छ्रे मावि सार्दिखोला, निष्पक्ष मावि हुम्दी, कालिका मावि कास्कीकोट, सारदा मावि माछापुच्छ्रे, विन्देश्वरी मावि तल्लाकोट र सिर्जना सामुदायिक मावि सिम्पाली रहेका छन् ।
मर्दीखोला शैक्षिक प्रतिष्ठानले २०५४ सालदेखि कार्य शुरु गरि २०५६ सालमा विधिवत दर्ता गरि शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । यसका संस्थापक अध्यक्षडा. राम गिरी हाल जापानमा छन् । प्रतिष्ठानले पछिल्लो ३ वर्षमा शिक्षा क्षेत्रमा मात्रै १० लाख ८० हजार खर्च गरिसकेको सार्वजनिक खर्च विवरणमा उल्लेख छ ।





