पोखरा/ लोकदोहोरी गीत ‘मनैमा मायाको बोली छ’ को म्युजिक भिडियो सार्वजानिक गरिएको छ । भावना म्युजिक सोलुसनबाट बजारमा व्यवस्थापन भएको गीतमा पार्वती जिसीलाई नवगायक बृहस्पती रेग्मीले आवाजमा साथ दिएका छन् । सर्जक दीपक अधिकारीले कोरेको शब्दमा सन्तोष सुवेदीको संगीत रहेको छ । गीतमा विनोद बाजुरालीले एरेन्ज गरेका छन् । भिडियोको निर्देशन होम गुरुङले गरेका हुन् । म्युजिक भिडियोमा सन्तोष सुवेदी, दिब्या न्यौपानेको मुख्य अभिनय छ । दुर्गा पौडेलले खिचेको भिडियोको सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।





