आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

रुपाको सबै वडामा फ्रि वाइफाई

रुपाको सबै वडामा फ्रि वाइफाई


  • ढोरपाटन संवाददाता
  • चैत्र १६ २०७८, बुधबार

पोखरा/ कास्कीको रुपा गाउँपालिकाको सबै वडामा फ्रि वाइफाई जडान भएको छ । मंगलबार रुपाको बराहथोक कोटभैरव मन्दिरमा फ्रि वाइफाई गाउँपालिका अध्यक्ष नवराज ओझाले फ्रि वाइफाइको उद्घाटन गरेका छन् ।
हाल सम्म रुपा गाउपालिकाको सबै वडाको १९ स्थानमा फ्रि वाइफाई जोन बनाइएको कार्यक्रममा गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको ५७ स्थानमा फ्रि वाइफाई जोन बनाइनेछ ।

‘प्रविधिमा सवैको पहँुच होस् भन्ने उद्देश्यले यो कार्यक्रम अन्तर्गत टोलटोलमा वाइफाई जोडिएको हो,’ उनले भने, ‘पहिलो चरणमा पर्यटकीय क्षेत्र, धार्मिक, सार्वजनिक क्षेत्रमा पर्यटक, गरिब र नेट जोड्न नसक्ने जनतालाई लक्षित गरेर यो योजजा ल्याइएको छ ।’
पहिलो चरणमा पाँच वर्षका लागि इन्टरनेट प्रदायाक संस्था वल्र्ड लिंकसँग सम्झौता गरिएको गाउँपालिका प्रमुख ओझाले जानकारी दिए । रुपा गाउँपालिकाको प्रायः सबै स्थानमा फाइबर नेट पुगिसकेको उनले बताए ।
‘शिक्षा,स्वास्थ्य, सडक, पानी, कृषि, पशु, युवा स्वरोजगार, पर्यटन,सामाजिक विकाससँगै रुपाले प्रविधिमा पनि फड्को मारेको छ,’ उनले भने, ‘गाउँपालिकाका सबै विद्यालय, वडा कार्यालय,स्वास्थ्य संस्था तथा सरकारी कार्यालयमा नेट जोडिएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->