शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा आवश्यकता अनुसार गठबन्धन

स्याङ्जामा आवश्यकता अनुसार गठबन्धन


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०७८, मंगलबार

स्याङ्जा/ पाँचदलीय गठबन्धनले आगामी स्थानीयतहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन् । पाचँ दलीय गठबन्धनको केन्द्रीय संयन्त्रको परिपत्र अनुसार स्याङ्जामा आगामी चुनाबमा मिलेर जाने सहमति जुटेको कांग्रेसका सभापति राजु थापाले बताए ।
नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको छलफलमा ५ दलका नेतृत्वतहको सहभागीता थियो । यहाँका ११ पालिका र ९७ वडामा आवश्यकता र औचित्यताका आधारमा तालमेल गरेर अगाडि बढ्ने निर्णय भएको थापाले सुनाए ।

आवश्यकता र सुझावको रिर्पोट आएपछि जिल्ला संयन्त्रले पालिका र वडाको तालमेलको टुङ्गो लगाउने छ । पाँचदलीय गठबन्धन छलफलमा नेपाली काँग्रेसका सभापति राजु थापा, नेकपा माओवादी केन्द्रका तर्फबाट केस शैलेन्द्र घिमिरे, नेकपा एककिृत समाजवादीका केस प्रेम नारायण पौडेल, जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई, माओबादी केन्द्रका संयोजक प्रकाश न्यौपाने, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे र जनता समाजवादीका खेमनारायण ढकाल लगायत सहभागी थिए ।

सबै दलको समान अस्तित्व रहेमा पाँच दलबीच चुनावी एकता हुने माओवादी केन्द्रका संयोजक प्रकाश न्यौपानेले बताए । २०७४ को स्थानीयतहको निर्वाचनमा ३ प्रमुख, उपप्रमुख र १ प्रमुखमा नेपाली काँग्रेसले बिजयी हासिल गरेको थियो भने ७ पालिकामा प्रमुख उपप्रमुख सहित १ मा उपप्रमुख नेकपा एमालेले विजयी हासिल गरेको थियो ।

२०७४ को स्थानीयतहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले एक वडाध्यक्षमा विजयी हासिल गरेको थियो । नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पछिल्लो समय संगठन निर्माणमा आक्रामक तरिकाले लागेको छ ।
स्याङ्जामा पाचँ दलीय गठबन्धन तालमेल गरी आगामी स्थानीयतहको निर्वाचनमा होमिएमा नेकपा एमालेलाई विजयी हासिल गर्न निकै चुनौती हुने देखिएको छ । स्थानीयतहको निर्वाचनका लागि नेपाली कांग्रेस घरदैलो गरिरहेको छ भने नेकपा एमाले वडा भेला गरिरहेका छ । नेकपा माओवादीले पालिकास्तर र नेकपा एसमाजवादीले संगठन विस्तारसँगै चुनावी अभियानमा तीव्र ढंगले लागेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->