म्याग्दी/ गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहमा गठबन्धन गर्ने कांग्रेसको वाचा पूरा गर्नुपर्ने बताएका छन् । वर्तमान गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहने बताउँदै सत्ताको नेतृत्वमा कांग्रेसलाई साथ दिने दललाई बेइमानी नगरिने बताउँदै देशैभरि सत्ता गठबन्धनको साझा उम्मेदवारले निर्वाचनमा सहभागी हुने बताए ।
अघिल्लो सरकारले लगातार संविधानमाथि नै आक्रमण गरेपछि संविधानको रक्षाका लागि अप्ठेरो अवस्थामा बनेको बाम–लोकतान्त्रिक गठबन्धनका बारेमा अनावश्यक आशंका व्यक्त गर्न नहुने बताए । म्याग्दी सदरमुकाम बेनीमा शुक्रबारदेखि सुरु भएको नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनका लागि आएका गृहमन्त्री खाँडले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले सिद्धान्त नमिलेपनि संविधान र लोकतन्त्रको पक्षमा रहेका शक्तिसँग विगत लामो समयदेखि नै सहकार्य गरेको बताए ।
उनले स्वर्गिय गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरी शान्ति प्रक्रिया सुरु भएको बताउँदै माओवादीसँगको सहकार्य सिद्धान्तसँग तुलना गर्न नमिल्ने बताए ।‘बामशक्ति मिल्दा हामी संसदमा एक तिहाई पनि थिएनौं । अहिले बाम शक्तिकै साथमा सत्ताको नेतृत्व गरेका छौं,’उनले भने ।
सरकार बचाउन मात्र नभई मुलुकको दीर्घकालीन शान्तिका लागि भएको बताएका छन् । उनले ‘खोलो त¥यो लौरो बिस्र्यो’ भनेजस्तै गर्न नहुने बताए । गृहमन्त्री खाँडले सत्ता गठबन्धनको चुनावी तालमेललाई केवल दलीय स्वार्थको रुपमा लिन नहुने बताए । सत्तागठबन्धमा रहेका दलहरूले हरेक परिवर्तनपछि जनआस्था र जनचाहनाको सम्मान गर्ने गरेको बताए ।
नेपाली कांग्रेस म्याग्दीको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले गठबन्धनको इतिहास लामो रहेको भन्दै केही उदाहरण प्रस्तुत गदैं गृहमन्त्री खाँडले सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए । उनले अहिलेपनि सत्ता गठबन्धनमा रहेका केही दलएमालेसँग तालमेल वा गठबन्धनको प्रयासमा रहेको बताउँदै कांग्रेसले इमान्दारिताका साथ सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए ।
गृहमन्त्री खाँडले कांग्रेस गठबन्धन जोगाउने पक्षमा रहेकाले भत्काउने भूमिकामा नखेल्न समेत अनुरोध गरेका छन् । शुक्रबार म्याग्दीको अति विकट धवलागिरी गाउँपालिका१, गूर्जामा पुगेका गृहमन्त्री खाँडलले दुर्गम भत्ता र सुविधासँगै विकास निर्माणमा समेत प्राथमिकता दिने बताएका छन् ।





