शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीको चार मन्दिरमा डिजिटल दान पेटिका

म्याग्दीको चार मन्दिरमा डिजिटल दान पेटिका


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०७८, सोमबार

बेनी/ म्याग्दीको धार्मिक संस्थामा दान तथा भेटी हाल्न क्यूआर कोडको अवधारणा ल्याएको छ । माछापुच्छे« बैंकल संकलित भेटी र दक्षिणालाई डिजिटल प्रविधिमार्फत् व्यवस्थापन गर्न तथा अत्याधुनिक बैंकिङ सेवाका प्रयोगकर्तालाई सहज हुने गरी क्यूआर कोड राखेको हो । नगदरहित कारोबारलाई प्रोत्साहन गर्न प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर,महारानीथान मन्दिर, बेनी शिवालय मन्दिर, दुर्गा भगवती मन्दिरमा मोवाइलबाटै दान गर्न मिल्ने सुविधा राखिएको शाखा प्रबन्धक यादव आचार्यले बताए ।

‘मन्दिरमा दान र भेटी संकलन सहज बनाएको छ,घुम्न आउने र दर्शनका लागि जानेलाई सिधै बैंक खातामा सहयोग गर्न सकिन्छ’ शाखा प्रबन्धक आचार्यले बताए । गलेश्वरसहित तीन धार्मिकस्थलको विभिन्न स्थानमा क्यूआर कोड मार्फत दान पेटिकामा सहयोग गर्न मिल्ने गरी राखिएको छ भने तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामीले समेत क्यूआर कोडको प्रयोग गरी टिकट लिने सुविधा मिलाइएको छ । क्यूआर कोड राखिएको संस्थाको माछाापुच्छे« बैकमा खाता रहेकाले सिधै जम्मा हुने भएकाले भक्तजनलाई समेत रसिद दिनुपर्ने झन्झट हटेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताए ।

यता डिजिटल दान पेटिकाको क्यूआर कोड स्क्यान गरी डिजिटल तवरले दान गर्न सहज भएको गैर आवासीय नेपाली संघ (एनआरएनए)को महिला सचिवमा राधिका (टिका) गुरुङले बताइन् । ‘यो सुविधाले भक्तजनलाई धेरै सहज हुन्छ, विदेशमा सबैजसोले डिजिटल बैकिङ प्रयोग गछ्र्रन्’,उनले भनिन्,‘म्याग्दीका मठमन्दिरमा पनि यो सुविधा देखेर खुसी लाग्यो ।’ क्यूआर कोडको प्रयोग गरी विश्वको कुनैपनि स्थानबाट भक्तजनले संकल्प गरेको दान गर्न सकिन्छ । यसैबीच बैंकले बेनी नरपालिका–४, सिंगा तातोपानीमा अवस्थित प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड,बेनी खानेपानी उपभोक्ता संस्थाका ग्राहकलाई समेत सहज हुने गरी सोही सेवा राखिएको छ । म्याग्दीमा एकैपटक चहलपहल हुने स्थानमा क्यूआर कोडको प्रयोग गर्ने माछापुच्छे« बैंक पहिलो भएको छ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->