पोखरा/ नेशनल प्याब्सन कास्कीले एक दिने एकिकृत पाठ्यक्रम सामग्री क्षमताबृद्धि तालिम सम्पन्न गरेको छ ।
नेपाल सरकारले नयाँ शैक्षिक सत्रबाट लागू हुने गरी ल्याएको एकिकृत पाठ्यक्रम सामाग्रीका बारेमा शिक्षकलाई जानकारी दिने उद्देश्यले एन प्याव्सनमा आवद्ध विद्यालयका ७० जना शिक्षक शिक्षिकालाई तालिम दिएको एन प्याव्सन कास्कीका प्रथम उपाध्यक्ष शिवदत्त तिवारीले जानकारी दिए ।
तालिममा पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत खिलनारायण श्रेष्ठले सहजीकरण गरेका थिए ।
तालिमको उद्घाटन गर्दै राष्ट्रिय परिक्षा वोर्ड गण्डकी प्रदेशका प्रमुख विष्णुप्रसाद श्रेष्ठले धेरै विषय वस्तुलाई एकिकृत गरेर ल्याएको पाठ्यक्रमले शिक्षाको गुणस्तर वृद्धि गर्न सघाउने बताए । शिक्षाको गुणस्तर बृद्धिको लागि पाठ्यक्रम अनिवार्य सर्त भएको उनको भनाइ थियो ।एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष यम खड्का, गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर मोची, हिसान गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष डा.रामजी शर्मा एन प्याव्सन कास्कीका द्धितीय उपाध्यक्ष केशवशरण पौडेल सचिव मनकाजी गुरुङलेमन्तव्य राखेका थिए ।





