पोखरा/ लुम्बिनी विकास बैंक लिमिटेडले सर्वसाधारणहरुमा वित्तीय पहुँचको विस्तार होस् भन्ने उद्देश्यले पोखरामा वित्तीय जनचेतना मूलक प्रभातफेरी गरेको छ । विभिन्न वित्तिय साक्षरतासम्वन्धित जनचेतनामूलक गतिविधिहरु गर्दै आइरहेको बैंकले पोखरामा प्रभातफेरी गरेको हो ।
बैंकको पोखरामा अवस्थीत न्यूरोड शाखाबाट सुरु भएको प्रभातफेरी कार्यक्रम चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुदै पुन न्यूरोड शाखामा आएर समापन भएको थियो । प्रभातफेरीमा बैंकको पोखरा शाखाहरु तथा बैंकको केन्द्रिय कार्यालयबाटसमेत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले सबैको पहुँचमा बैंक पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए । उनले गाउँमा हैन शहरमा पनि बैंकको पहुँच बाहिर रहेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले सर्वसाधारणहरुमा वित्तीय पहुचको विस्तार होस् भन्ने उद्धेश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको बताए । बैंकले आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बैंकका पोखरा न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकालले जानकारी दिए ।





