पोखरा/ विपरीत दिशाबाट आइरहेका कार र मोटरसाइकल एक आपसमा ठोक्क्ँिदा मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुबा जीतबहादुर पुन र छोरी सुजिना तिलिजा पुन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
आइतबार पर्वतको कुश्माबाट पोखरा फर्किंदै गर्दा विपरीत दिशाबाट आएको कारले ढिकुरपोखरीको लेवाडेमा मोटरसाइकललाई ठक्कर थियो । उक्त ठक्करबाट घाइते भएकी सुजितालाई पोखरा उपचारका लागि ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । बाबु जीतबहादुरको भने उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।
अहिले बाबु छोरीकैे शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । मृतकका आफन्तले चालक पक्राउ नपर्दासम्म शव नबुझ्ने भन्दै सोमबार सडक अवरुद्ध गरेका थिए । स्थानीयका अनुसार कारले घुम्तीमा अर्को बसलाई ओभरटेक गर्दै हुइँकिदा कारले मोटरसाइकललाई ठक्कर हो ।
कार चालक चालक पर्वतस्थित जलजला गाउँपालिका खनियाँघाटका एन्जल बम मल्ललाई फरार रहेको प्रहरीले जनाएको छ । सोमबार पोखरा गैह्रापाटनथित जिल्ला प्रहरी कार्यालय कास्कीसमेत घेराउ गरेका थिए । चालकले मापसे गरेको स्थानीयले बताएका छन् । घटनापछि चालक फरार छन् ।





