आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

मानव अधिकार आयोगको निर्वाचन लक्षित अनुगमन

मानव अधिकार आयोगको निर्वाचन लक्षित अनुगमन


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०७९, बिहिबार

पोखरा/ राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनको अनुगमन गर्ने भएको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन पूर्व, अघि र निर्वाचनको समेत गरी तीन चरणमा अनुगमन गर्ने तयारी रहेको बताए ।
‘आयोगले उम्मेदवारी मनोनयनको पनि अनुगमन गरेको थियो’ मानव अधिकार आयोगमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष मगरले भने, ‘निर्वाचन(मतदान)का दिनमा समेत आयोगको टोलीले देशव्यापी अनुगमन गर्नेछ ।’ उनका अनुसार निर्वाचनको अवधिमा आयोगले ४७ वटा टोली बनाएर परिचालन गर्ने र निर्वाचनको अनुगमन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->