शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्थानीय तहको निर्वाचन : स्याङ्जामा युवा नेताको दबदबा

स्थानीय तहको निर्वाचन : स्याङ्जामा युवा नेताको दबदबा


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०७९, आइतबार

स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिकाका ३२ वर्षीय प्रकाश तिवारी आसन्न स्थानीय तहको निर्वाचनमा होमिएका छन् । तिवारी नेपाली कांग्रेसबाट अर्जुन चौपारी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका हुन् ।

व्यवसायिक पृष्ठभूमिबाट आएका तिवारी भारतीय दूतावासको छात्रवृत्ति मार्फत एमबिए शिक्षा प्राप्त गरेका छन् । २२ वर्षको उमेरमा उद्यमी नेपालको अध्यक्ष, २४ वर्षको उमेरमा ह्याथवे फाइनान्सको निर्देशक, २६ वर्षको उमेरमा ¥याडिसन होटलको निर्देशक, एकाड फार्मास्युटीकल्सको निर्देशक, एफएनसीसीआई बैंकिङ तथा बीमा समितिको केन्द्रीय सदस्य, एफएनसीसीआई कर तथा राजश्व समितिको केन्द्रीय सदस्य, एफएनसीसीआई एनआरएन र दिराष्ट्रिय समितिको केन्द्रीय सदस्य भएर काम गरेका अनुभव उनीसँग छ । उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट स्याङ्जा क्षेत्र नं १(ख) प्रदेशको सभापति निर्वाचित भएका थिए ।

यस्तै, नेकपा एमालेबाट गल्याङ नगरपालिका मेयर पदमा उम्मेदवारी दिएका सूर्यप्रसाद गैरे ३४ वर्षीय छन् ।१५ वर्षकै उमेरमा माओवादी जनयुद्धबाट खारिएका गैरे माओवादी केन्द्र, नेकपाको अध्यक्ष बन्दै एमालेको नवौं अधिबेशनबाट अध्यक्ष बनेका हुन् ।

तिवारी र गैरेजस्तै प्रमुख दलले ११ पालिका रहेको स्याङ्जामा ४० वर्ष भित्रका मात्र १० जना प्रमुख तथा उपप्रमुखका उम्मेदवारी दिएका छन् । स्याङ्जामा युवा नेता ३८ वर्षीय घनश्याम सुवेदीलाई दोस्रो पटक फेदीखोला गाउँपालिकाको उम्मेदवार बनाएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा जितेर लोकप्रिय काम गरेका सुवेदीलाई पुनः उम्मेदवार बनाएको हो ।

एमालेले चापाकोटमा ४० वर्षीय राजु कोइरालालाई मेयर र २६ वर्षीय सृष्टि मल्ललाई उपमेयरको रुपमा उतारेको छ । चापाकोटमै काग्रेसले २६ वर्षीय इशा रानालाई उपमेयरको उम्मेदवार बनाउँदै मैदानमा उतारेको छ । आधीखोलामा स्वतन्त्र रुपमा ३३ वर्षीय हरि ढकालले उम्मेदवारी दिएका छन् ।

अर्जुनचौपारी गाउँपालिकामा काग्रेसले उपाध्यक्षमा ३७ वर्षीय सपना गुरुङ र एमालेले उपाध्यक्षमा ४० वर्षीय टंक खनाललाई उतारेको छ । बिरुवा गाउँपालिकामा माओवादी केन्द्रले गठबन्धन गर्दै ३८ वर्षीय थमबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ । त्यस्तै, जनता समाजवादी पार्टीले २३ वर्षीय आस्था नेपालीलाई पुतलीबजार नगरपालिकाको उपप्रमुखमा अगाडि सारेको छ ।

नयाँ भिजन बोकेका यूवाहरुको हातमा नगर तथा वडा भए दीगो विकासको सपना पूरा हुने बिश्वास गर्दै प्रमुख पार्टीले टिकट दिएका हुन् । जितेमा विगतभन्दा जनतालाई आभास हुने गरी काम गरेर देखाउने अर्जुनचौपारीका अध्यषका उम्मेदवार तिवारीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->