शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बेनी नगरप्रमुखमा एमालेका सुरत केसी र उपप्रमुखमा माओवादीकी लामिछाने बिजय

बेनी नगरप्रमुखमा एमालेका सुरत केसी र उपप्रमुखमा माओवादीकी लामिछाने बिजय


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०७९, मंगलबार

म्याग्दी/ बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका सुरत केसी निर्वाचित मंगलबार विहान सकिएको मतगणनामा नगरको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी ज्योती लामिछानेले जितेकी छन् । नगरप्रमुखमा निर्वाचित केसीले ७ हजार ६०३ मत ल्याए भने निटकतम् प्रतिद्धन्दी नेपाली कांग्रेसका चिरञ्जीवि शर्माले ६ हजार २०४ मत प्राप्त गरेका थिए । त्यस्तै उपप्रमुखमा लामिछानेले ७ हजार ४३ मत प्राप्त गर्दा निकटतम् प्रतिद्धन्दी नेकपा एमालेकी पशुपति शाहीले ५ हजार ५ सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादीले तालमेल गरेको थियो ।

पत्रकार महासंघ म्याग्दीका पूर्व अध्यक्ष समेत रहनुभएका केसीले नगरप्रमुखमा निर्वाचित केसीले पहिलो प्रतिक्रिया दिदैं नगरबासीलाई प्रतिबद्धता पत्रमार्फत दिएको बाचा पुरा गर्ने बताए । ‘पार्टीबाट चुनाव जितेपनि अब सबै पार्टीको मेयर भएर काम गर्नेछु,‘नगरभित्रका प्राथमिकतालाई पुरा गर्ने गरी अगाडी बढ्नेछु’ उनले भने । १० वडा रहेको नगरपालिकामा १, ५,८, १० नेकपा एमालेले जितेको छ भने २,७,९ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ३ र ४ वडा जितेको छ । बेनी नगरपालिकामा यसअगाडी नेपाली कांग्रेसको तर्फबाट मेयर र र उपमेयरमा राप्रपाले जितेको थियो ।

हालसम्म म्याग्दीमा धवलागिरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रेम पुन, उपाध्यक्षमा माओवादी केन्द्रका रेशम पुन, मालिका गाउँपालिकामा नेकपा एमालेका बेग गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती, मंगला गाउँपालिकामा नेकपा एमालेका सतप्रसाद रोका, उपाध्यक्षमा पेमा अधिकारी, रघुगंगा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भवबहादुर भण्डारी, उपाध्यक्षमा प्रेमकुमारी पुनमगर विजय हुनुभएको छ । यसअगाडी प्रमुखमा कांग्रेसले जितेको बेनी नगर, मालिका गाउँपालिका नेकपा एमालेले खोसेको छ भने धवलागिरी गाउँपालिकामा एमालेबाट कांग्रेसले खोसेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->