
स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी पदभारसगै पूर्ण अपाङ्गलाई भेट्न घरमै पुगेका छन् ।
पदरभार गरेसगै उपाध्यक्ष सपना गुरुङसहित वडा नं २ खाल्टेका सुस्त मनस्थिति तथा पूर्ण अपाङ्ग युवराज कामीको घरमा पुगेका हुन् । युवराजलाई १८ वर्षदेखि खोरमा छन् । दुई छोरा र एक छोरीमध्ये कान्छा युवराज जन्मदेखि नै सुस्त मनस्थिति र अपाङग रहेको आमा गुमा कामीले बताइन् ।
उनले पूर्ण अपाङ्गलाई राज्ले फरक नीति बनाएर हेनुपर्ने बताउँदैे कार्यपालिकाको पहिलो बैठकबाटै निर्णयसहित तथ्याङ्क संकलन गर्ने उद्घोष गरे । उनले सम्भव भए पालिकाको स्रोतबाट पूर्ण अपाङ्गको पालन पोषण गर्ने पनि बताए । भैपरी आउने घटनालाई मध्यनजर गर्दै पालिकाका जनप्रतिनिधिले पाउने तलबको १० प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा राख्ने ब्यवस्था गरेको उनको भनाइ थियो ।
भारतीय दूतावासको छात्रवृत्तिमार्फत एमबिए शिक्षा प्राप्त गरेका नवनिर्वाचित ३२ बर्षिय अध्यक्ष तिवारी २०६० सालमा सितला माविबाट ७९.५ प्रतिशत अंकका साथ एसएलसी उत्रिर्ण गरेका थिए । निष्ट कलेज काठमाडौबाट आइएसी गरेका तिवारीले बिबिए सँगैसँगै भारतबाट एमबिए गरेका हुन् ।२२ वर्षको उमेरमा उद्यमी नेपालको अध्यक्ष, २४ वर्षको उमेरमा ह्याथवे फाइनान्सको निर्देशक, २६ वर्षको उमेरमा ¥याडिसन होटलको निर्देशक, एकाड फार्मास्युटीकल्सको निर्देशक, एफएनसीसीआई बैंकिङ तथा बीमा समितिको केन्द्रीय सदस्य, एफएनसीसीआई कर तथा राजश्व समितिको केन्द्रीय सदस्य भएर काम गरेको अनुभव तिवारीमा रहेको छ ।





