शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मुदीमा आयोजित निःशुल्क आँखा शिविर

मुदीमा आयोजित निःशुल्क आँखा शिविर


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०७९, बुधबार

म्याग्दी/म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा आयोजित निःशुल्क आँखा उपचार शिविरबाट २ सय बढी लाभान्वित बनेका छन् । नेपाल नेत्रज्योति संघ म्याग्दीको आयोजना, मोना आईईसी, मोना अष्ट्रेलियाको सह–आयोजामा भएको शिविरमा २१८ जनाको परीक्षण गरिएकोमा ३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएकाले थियो । शिविरमा १०१ वर्षीया हस्तिका पुनको परीक्षण गरी शिविरको उद्घाटन गरिएको थियो ।

शिविरका प्रमुख अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले भौगोलिक विकटता, जनचेतनाको अभावका कारणनियमित उपचारमा पुग्न नसक्ने अवस्थामा गाउँघरमै आयोजित शिविरले बिरामीको पहिचान सहित उपचारमा समेत सहज हुने बताए । सोही अवसरमा मोना आइसीसीका पूर्व अध्यक्ष चक्रबहादुर थापाले प्रवासमा रहेका म्याग्देलीबाट जिल्लामा शिक्षा, स्वास्थ्यसहित विभिन्न गतिविधिमा नियमित सहयोग गर्ने गरेको बताए । सोही अवसरमा वडा अध्यक्ष यामबहादुर घर्ती, बुद्धिविकास माविका प्रअ जगबहादुर किसान, स्थानीय बेगप्रसाद घर्तीले मन्तब्य राखेका थिए ।

शिविरमा वितरण गरिएको औषधी, चस्मासहित आवश्यक खर्च अष्ट्रेलियामा रहनुभएका दिपक भण्डारीले आर्थिक सहयोग गर्नुभएको नेत्रज्योती संघका सचिव राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।शिविरमा नेत्र ज्योति संघ म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँको नेतृत्वको स्वास्थयकर्मीको टोलीले आँखा परीक्षण सेवा दिने बताए । शिविरमा नेत्र अधिकृत दिनेश बानियाँ, सदस्य भुलमायाँ तिलिजा, साधनाकुमारी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।नेत्र ज्योती संघले आफ्नै पहल तथा विभिन्न निकायको सहयोगमा हरेक वर्ष गाउँमा पुगेर शिविर सञ्चालन गर्दै आइरहेको छ अध्यक्ष अमर बानियाँले बताए । जिल्लाका सबै स्थानीय तहभित्रका बस्तीमा पुगेर शिविर सञ्चालन गर्ने योजना रहेको संघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->