पोखरा/ आत्महत्या दुरूत्साहन मुद्धाका फरार एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ ।
वालिङ नगरपालिकापालिका-७ केवरेका २६ बर्षिय रमेश थापालाई प्रहरीले पक्राउ गरेको हो ।
२०७७ साल पुस ३ गतेको जिल्लाअदालतको फैसलाले आत्महत्या दुरुत्साहन मुद्धामा एक बर्ष पाचँमहिना सात दिनकैद र २५हजार जरिवाना तोकिई फरार रहेका थापालाई प्रहरीले पक्राउ गरेका हो ।
प्रहरी टोलीले गोप्य सूचनाको आधारमा घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको एसपी राजिबबहादुर बस्नेतले बताए । पक्राउ परेका थापालाई जिल्ला अदालत समक्ष पेश गरिएकोमा कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको उनको भनाई छ ।




