शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पहिरोको जोखिममा स्याङ्जाको लल्याङ

पहिरोको जोखिममा स्याङ्जाको लल्याङ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २७ २०७९, शुक्रबार

स्याङ्जा/ गल्याङ नगरपालिका ३ लल्याङमा करिब ८० घरधुरी रहेको बस्ती पहिरोका कारण उच्च जोखिममा परेको छ । १० वर्ष अगाडीबाट निरन्तर गइरहेको पहिरोले पछिल्लो समयमा सिङ्गो गाउँ नै बगाउने खतरा बढेको हो ।

पहिरोको जोखिमका कारण ८० घरधुरीका चार सय नागरिक बिस्तापित हुने अवस्थामा पुगेको स्थायिन गोपालप्रसाद भट्टराईले बताए । बुटवल पावर कम्पनी(बीपीसी) ले खनेको सुरुङका कारणमाथि रहेको गाउँका अधिकांश घरहरु पहिलेदेखि चर्किएका थिए ।

गाउँको पुछारमा रहेको पहिरोका कारण वर्षातसगै यस क्षेत्रका स्थानीय त्रसित हुनुपरेको छ । यहाँको जमिन भासिँदै पहिलो बस्ती नजिकै आएको छ । वडाध्यक्ष कृष्णप्रसाद भट्टराईका अनुसार पहिरोका कारण बस्तीको वरपर रहेका खेतमा ठूला–ठूला धाँजा फाटेको छ ।

बस्तीको दुबैतिरबाट खोलाले घेरेको र भू–बनोट कमजोर रहेकाले बस्त भन्दा तलको जमिन पहिरोले भासिँदा गाउँले दिनरात त्रासमा बस्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । नगरपालिका र प्रदेश सरकारको सहकार्यमा दश लाख बजेटबाट पहिरो नियन्त्रणका लागि तटबन्धन काम अगाडी बढाइएको छ तर त्रास घटेको छैन । पहिरो नियन्त्रणको थप प्रयास नभएको स्थानीयको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->