
स्याङ्जा/ फेदीखोला गाउँपालिकाले वडा नम्बर ३ कार्यालय जाने मोटरबाटो कालोपत्रे गरेको छ ।
जिल्लाका अन्य पालिका कार्यालयमा जाने बाटो कालोपत्रे नहुँदा फेदीखोलाले आफ्नै श्रोतबाट वडा कार्यालय जाने मोटरबाटो कालो पत्रे गरको हो । फेदीखोलाँमा रहेका पाचँ वटा वडामा वडा नम्बर ३ जानेबाटो कालोपत्रे गरेसँगै वडा नम्बर पाँचबाहेक सबै वडामा जाने बाटो कालोपत्रे भएको छ । पालिकाले खड्केटारी बागे पञ्चासे दोबिल्ला सडकको एक किलोमिटर १५० मिटर कालोपत्रे गरेसगै वडा कार्यालयमा कालोपत्रे सडक पुगेको हो ।
सो सडकमा गत आर्थिक वर्षमा डेढ किलोमिटर कालोपत्रे फेदिखोलाले गरेको थियो भने यस आर्थिक वर्षमा एक करोड चार लाख १० हजार २६६ रुपियाँमा थप सडक कालोपत्रे गरेको अध्यक्ष घनश्याम सुवेदीले बताए । सडक निर्माण भएसँगै वडा नम्बर २ बाट ३ हँुदै पंचासे र पर्वतको दोबिल्ला क्षेत्रका हजारौ नागरिक लाभान्वित भएका छन् ।
सिद्धार्थ राजमार्गमात्रै कालोपत्रे रहेकोमा पालिकामा बितेका ५ वर्षमा २१ किलोमिटर बाटो पिच भएको छ





