बागलुङबागलुङमा बिहिवारदेखि दशौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । पत्रकार सम्मेलन गरेर जिल्ला खेलकुद विकास समितिले उक्त जानकारी दिएको हो ।
गण्डकी प्रदेश सरकारले असार २३ र २४ गते पोखरामा क्षेत्रीय प्रतियोगिता गर्ने र त्यसका लागि जिल्लाबाट अनिवार्य प्रतिनिधित्व गर्नुपर्ने पत्राचार गरेपछि जिल्ला खेलकुद विकास समितिले बर्षातमा खेल खेलाउन लागेको हो ।
पालिका स्तरीय खेलमा उत्कृष्ठ भएका खेलाडीको उपस्थितिमा जिल्ला स्तरीय खेल हुने भएको हो । खेलमा छात्रछात्रा १ हजार ५ सय मीटर दौड, छात्रछात्राकै १ सय र २ सय मीटर दौड हुनेछन् । त्यस्तै, हाइजम्प, लङजम्प, त्रिपलजम्प र ८ सय मीटर दौड पनि हुने समितिका अध्यक्ष कुमार खड्काले बताए । छात्राछात्राको कबड्डी प्रतियोगिता पनि हुने भएको छ । त्यस्तै मार्सल आर्टतर्पm तेक्वान्दो, कराँते, उसु समेत हुनेछ ।
छात्रछात्राको भलिबल प्रतियोगिता पनि गरिने छ । त्यसक ालागि समितिले ३ लाख रुपैयाँ बजेटको व्यवस्थापन गरेको खड्काले जानकारी दिए । प्रदेश मन्त्रालयबाट समिति बिघटन गरेको, मुद्दापछि व्युतिएको कारणले खेल कार्यक्रम चलाउन ढिला भएको बताइएको छ । पत्रकार सम्मेलन अध्यक्ष खड्काको अध्यक्षता, सचिव तारा शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





