मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

नुवाकोट दरबारका गढी र चौतारा संरक्षणमा सेना

नुवाकोट दरबारका गढी र चौतारा संरक्षणमा सेना


  • ढोरपाटन संवाददाता
  • असार २१ २०७९, मंगलबार

स्याङ्जा/ बाइसे राज्यको तत्कालीन नुवाकोट दरबारका गढी, चौतारा र पुराना टुँडीखेल नेपाली सेनाले संरक्षण गरेको छ ।
फेदीखोला गाउँपालिका र पुतलीबजार नगरपालिका ५ को सिमानामा पर्ने ऐतिहासिक, धार्मिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण रहेको नुवाकोटमा द्रूत प्रभाव परियोजनाअन्तर्गत विनियोजित १५ लाख रुपैयाँको लागतमा ती काम भएका हुन् ।नुवाकोट गढीको मर्मत सम्भार, चौतारी पुननिर्माण, पुरानो टुँडीखेलमा जालीबारसहित गेट निर्माण गरिएको हो । २०७८ चैत २४ गते सुरु भएको थियो ।

नेपाली सेनाको मध्य कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठले कालाभैरव पूरातात्विक मन्दिर तथा नुवाकोटगढी व्यवस्थापन समितिका अध्यक्ष नरकाजी गुरुङलाई ऐतिहासिक एवं धार्मिक थलोको सरक्षणको जिम्मा लगाएका हुन् । सेनाका नाममा ७९ रोपनी जग्गा रहेको र त्यहाँ अहिले सेनाको तालिम संचालन गरिंदै आएको सेनानी अशोकुमार मल्लले बताए । नुवाकोट दरबार क्षेत्र अहिले धार्मिक, पर्यटनको नमूना स्थल बनेको छ भने दैनिकजसो सयौँ नागरिक हेर्न पुग्ने गरेका छन् ।

हस्तान्तरणमा सेनापति उपरथी बाबुराम श्रेष्ठ, बाहिनीपति सहायकरथी प्रेम पुन, पुतलीबजार ५ का वडाध्यक्ष अर्जुनकुमार कार्की, प्रा.डा दिलबहादुर क्षेत्री लगायतले सार्वभौम नेपाल निर्माणका लागि नेपाली सेनाले पुरयाएको योगदानको चर्चा परिचर्चा गर्दै नेपाली सेनाको गरीमालाई कायम राख्नु पर्नेमा जोड दिएका थिए ।सो अवसरमा मन्दिर व्यवस्थापन समितिले सेनापति उपरथी बाबुराम श्रेष्ठ, बाहिनीपति सहायकरथी प्रेम पुन, स्याङ्जाका गुल्मपति सेनानी अशोककुमार मल्ललाई सम्मान गरेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->