बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

वर्षातमा डेंगुको समस्या

वर्षातमा डेंगुको समस्या


  • ढोरपाटन संवाददाता
  • असार २९ २०७९, बुधबार

बागलुङ/ लामखुट्टेको टोकाइबाट सर्ने डेंगुका बिरामी बागलुङमा पनि देखिन थालेका छन् । धौलागिरि अस्पतालमा उपचारका लागि आएका दुई बिरामीमा संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।

डेंगुका बिरामी देखिएपछि जनस्वास्थ्य चासोको बिषय बनेको डा. पोखरेलको भनाई छ । ‘अघिल्ला वर्ष पनि देखिएको थियो, अहिले पनि एउटै समयमा देखियो’, पोखरेलले भने, ‘खाल्डाखुल्डीमा पानी जम्ने, ग्यारेजहरुमा सफाई नहुने समयमा संक्रमण बढी देखिएको छ ।’ असार साउन महिनामा पानी धेरै जम्मे समस्या हुँदा डेंगु भेटिएको उनले बताए ।

त्यसो त अघिल्ला बर्ष पनि डेंगुका बिरामी भेटिने गर्थे । यो बर्षपनि डेंगुका बिरामी देखिन थालेपछि स्वास्थ्य कार्यालय बागलुङ र अस्पतालले नियन्त्रण प्रयास थालेका छन् । बागलुङ नगरपालिका वडा नंं. ७ र ९ का एक महिला र एक पुरुष बिरामी अस्पतालमा आएपछि डेंगु बारे धेरैको चासो बढेको हो । लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको संक्रमण भएमा बिरामीको मृत्युसमेत हुने जोखिम हुन्छ । हाल अस्पतालमा भर्ना भएका बिरामीको भने अवस्था सामान्य रहेको उनलेब ताए ।

डेंगु भएकालाई उच्च ज्वरो, हातखुट्टा चिलाउने शरीर सुन्निने, दुख्ने समस्या हुने गरेको अस्पतालका अर्का डा. अभिषेक वाग्लेले बताए । बागलुङमा यसअघि पनि डेंगुका बिरामी भने भेटिएका थिए ।
उनीहरुलाई पनि अस्पतालले उपचार गरेर निको बनाई घर पठाएको छ । लामखुट्टेको टोकाईबाट सर्ने भएकोले आम नागरिकलाई सचेत रहन स्वास्थ्य कार्यालयमार्पmत सन्देश पठाइएको पोखरेलले जानकारी दिए ।

डेंगुविरुद्ध स्वास्थ्य कार्यालयले दशवटै पालिकाका सबै स्वास्थ्यचौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको थियो । रगत जाँचेर डेंगु पत्ता लगाउन सकिने भएकोले कम्तिमा प्राथमिक स्वास्थ्य केन्द्र तहमा किट पठाएर परीक्षण गर्न सकिने पोखरेलले बताए । ‘बर्षात्मा लामखुट्टेबाट बच्ने नै उत्तम उपाया हो’ उनले भने, ‘अनिवार्य झुल टाँगेर सुत्ने, सरसफाइमा ध्यान दिने काम गर्नुपर्छ’, उनले भने, ‘घर वरिपरि सफा राख्न लगाउने काम भैरहेको छ ।’

ज्नस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेका अनुसार बर्षात् लागेपछि नै महिला स्वास्थ्य स्वयंसेविकादेखि स्वास्थ्यकर्मी समेतलाई डेंगुसहित बर्षात्मा हुन सक्ने रोगव्याधीबारे जानकारी गराइएको छ । एक बिरामीबाट अर्कोमा सजिलै सर्ने भएकोले सर्तकता अपनाउन भनिएको उनले बताए । गाडीका ग्यारेजमा हुने टायरमा जमेको पानीदेखि खाल्डाखुल्डीमा रहेको पानीमा पनि डेंगु सार्ने लामखुट्टेले फुल पार्छ ।
‘धेरै ज्वरो आउने, शरीर र टाउको दुख्ने अवस्थामा बिरामी आए डेंगुको लक्षण मानेर परीक्षण थालिन्छ’ डा.पोखरेलले भने, ‘सर्तकता अपनाउन सकिएन भने कोरोना भाइरसभन्दा यो खतरा हुन सक्छ ।’ अस्पतालका कोरोना फोकलपर्सन डा. वाग्लेकै नेतृत्वमा डेंगु उपचारसमेत थालिएको हो ।

बगलुङ नगर क्षेत्रमा अझैबढी जोखिम हुने भन्दै नगर स्वास्थ्य शाखा, अन्य स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई पनि सचेत रहन भनिएको शाखा प्रमुख रामप्रसाद खनालले बताए । एकपटक संक्रमण भएपछि दोहोरिने दर बढी भएकोले पहिल्यै सचेत बन्नुपर्छ’ खनालले भने । बसपार्क र ग्यारेज क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका टायरहरु हटाउने र पानी नजम्ने गरी व्यवस्थापनका लागि आग्रह गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->