शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विपद् व्यवस्थापनमा प्रहरीलाई सामग्री सहयोग

विपद् व्यवस्थापनमा प्रहरीलाई सामग्री सहयोग


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०७९, शनिबार

स्याङजा, १४ साउन– दिनदिनै वर्षा बढिहरहँदा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।
अर्जुनचौपारी प्रहरी चौकीलाई विपद व्यवस्थापनका लागि आवश्यक सामग्री प्रदान गरेको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए । वर्खाको समय कायमै रहेको र यसबाट हुने जोखिम कायमै रहेकाले उद्धारमा खटिने प्रहरीलाई आवश्यक पर्ने सामग्री दिएको अध्यक्ष तिवारीको भनाइ छ ।
पालिकाको मुख्य खोलाको रुपमा रहेको दरौखोलामा आउन सक्ने विपद व्यवस्थापनको लागि सहयोग पुगोस भन्ने हेतुले प्रहरी चौकीलाई सानो र ठूलो ट्युब दुई दुई थान, लाइभ ज्याकेट १० थान, डोरी तथा पहिरो पन्छयाउन आवश्यक सामग्रीहरु रहेका छन् । पालिका अध्यक्ष तिवारी संयोजक रहेको विपद व्यवस्थापन समितिले विपद आउन नदिन आवश्यक सर्तकता अपनाउन संयन्त्र परिचालन गरेको छ ।
पालिकाले तत्काल उद्धारमा खटिने प्रहरी चौकीमा आवश्यक सामाग्री नहँुदा उद्धार असहज हुँने भएकाले प्रहरीलाई उक्त सामग्रीहरु दिएको हो । जोखिम रहेका वस्तीहरुमा हरेक वडाका जनप्रतिनिधिहरुलाई खटाउनुको साथै एकिकृत भल कटानका लागि नागरिक तथा जनप्रतिनिधिलाई सचेत बनाइएको छ । त्यस्तै रापाकोट प्रहरी चौकीलाई समेत विपद व्यवस्थापन सामाग्री हस्तान्तरण गरिने पालिकाले जनाएको छ ।
पहिरोको जोखिम रहेका बस्ती वरपर तथा स्थानहरुमा त्रिपालले छोपिएको उपाध्यक्ष सपना गुरुङको भनाइ थियो । उनले मानव वस्ती स्थानान्तरण गर्ने जोखिम पालिकाभित्र नरहे पनि आवश्यक सतर्कता भने अपनाइएको बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->