शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

अन्नपूर्णमा गाउँघरमै पुगेर भत्ता वितरण

अन्नपूर्णमा गाउँघरमै पुगेर भत्ता वितरण


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०७९, आइतबार

म्याग्दी, १५ साउन– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणलाई निरन्तरता दिएको छ ।
वर्षा र चिप्लोका कारण गाउँपालिकाको केन्द्र पोखेरेबगरमा रहेको वित्तीय संस्थाको शाखासम्म आउन समेत समस्या हुने भएपछि वडामै पुगेर भत्ता वितरण गर्ने गरेको छ ।
वडाभित्रका सबै ८ वटै वडामा भत्ता वितरणलाई भविस्यमा समेत निरन्तरता दिने गाउँपालिकाका अध्यक्ष भरत पुनले बताए । बैंक तथा वित्तिय संस्थाले सम्झौताअनुसार नै वडाबाट वितरण गर्ने कार्यमा सहयोग भएपछि सहज भएको अध्यक्ष पुनले भने ।
‘भत्ता वितरण गर्दा धेरैको अनुहारमा उज्यालो देखिन्छ, आवश्यक परेमा घरमै पुगेर समेत वितरण गर्ने वातावरण बनाएका छौँ’, अध्यक्ष पुनले भने । उनले वडासम्म आउन नसक्नेलाई घरमै पुगेर हातमै भत्ता दिने बताए ।
शुक्रबार वडा नं. ७ हिस्तानमा प्रभु बैंकले जनप्रतिनिधिको उपस्थितिमा भत्ता वितरण गरेको छ । घराम्दी, हिस्तान, रिमा, औल, दोसल्ले, महभिरका २ सय ७ जनालाई २१ लाख ९३ हजार ४० रुपैयाँ वितरण गरिएको वडा अध्यक्ष माइलन पूर्जा पुनले बताए ।
गाउँमै पुगेर सेवा दिन थालेपछि बृद्धबृद्धा समेत उत्साहित भएका छन् । गाउँपालिकाभित्र वडा नं. १ देखि ६ सम्म गरिमा विकास बैंक र ७ र ९ नं वडामा प्रभु विकास बैंकले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->