शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पहिरोले घर पुर्दा म्याग्दीमा दुई जनाको मृत्यु, तीन बेपत्ता

पहिरोले घर पुर्दा म्याग्दीमा दुई जनाको मृत्यु, तीन बेपत्ता


  • ढोरपाटन संवाददाता
  • साउन १७ २०७९, मंगलबार

फाइल तस्बिर

म्याग्दी, १७ साउन– सोमबार राती पहिरो खस्दा म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा तीनवटा घर पुरिएको छ । उक्त घटनामा दुईजनाको मृत्यु भएको छ । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा छोराहरू १३ वर्षका राजन विक र १५ वर्षका नविन विकको मृत्यु भएको हो । तीनजना अझै बेपत्ता रहेका छन् ।
प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार पहिरोमा परेर घाम बहादुर विक, उनको श्रीमती र सात वर्षीया छोरी बेपत्ता छन् । स्थानीयबासीले उनीहरूको खोजी गरिरहेका छन । पुरिएको घरबाट दाजुभाइको शव निकालिएको र इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थलतर्फ हिँडिसकेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->