शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु

म्याग्दीमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु


  • हरिकृष्ण गौतम
  • साउन १७ २०७९, मंगलबार

म्याग्दी, १७ साउन– म्याग्दी म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परेर हराइरहेका थप तीनजनाको शव पनि भेटिएको छ ।
पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । घरमा सुतिरहेको अवस्थामा गाउँमाथिबाट खसेको पहिरोमा पुरिएर ३८ बर्षिय घरमुली घामबहादुर विक, उनकी पत्नी ३४ बर्षिय राममायाँ विक, छोरा १५ बर्षका नविन विक, ३ बर्षका छोरा राजन विक र ७ बर्षिय छोरी अस्मी विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । मृतकहरु एकै परिवारका हुन् ।
पहिरोमा पुरिएर दुई जनाको मृत्यु र तीन वेपत्ता भएकोमा वेपत्ता भएका तीन जनाको समेत शब फेला परेपछि थप खोजीकार्य स्थगित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक भारतीले बताए ।
‘विहान उद्धारमा कठिनाई भएको थियो,‘एक्कासी पहिरो खस्दा भाग्न नसकेको जस्तो देखिन्छ’ प्रनाउ भारतीले भने । पहिरोले स्थानीय गोठे विकको घर समेत बगाएको छ भने गोठे र उनकी श्रीमती गोरी विक घाईते भएका थिए ।बस्तीमाथिबाट चर्को आवाससहित पहिरो खसेपछि भाग्दाभाग्दै पहिरोमा फसेकी गोरीलाई विहान उद्धार गरिएको थियो भने गोठे भागेर केही पर पुगेका थिए । घाईतेको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारको लागि रिफर गरिएको छ ।
पहिरोले दुई घर पुरिएको छ भने आसपासका क्षेत्रमा समेत जोखिम भएको वडा सदस्य भक्तबहादुर पुनले बताए । ‘बस्तीमाथिको जमिनकै कारण हरेक बर्ष पहिरो जान्छ,‘ठाडो पहिरोले परिवार नै सखाप भयो’ वडा सदस्य पुनले भने । वडाका जनप्रतिनिधि सहितको टोली खिोज तथा उद्धारमा विहानैदेखि खटिएपनि भीषण बर्षा र निरन्तरको पहिरोले उद्धारमा समस्या भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->